मकवानपुर । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन् ।
एकीकृत समाजवादीका लागि मगलबार सनाखत गरेका उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन् । खनालले राजीनामा दिएपछि अब बागमती प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।
प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बर्खास्त गर्नु अघी नै मन्त्री खनालले पदबाट राजीनामा दिएका हुन् । मगलबार नेकपा एमलोको छोडेर नयाँ दल नेकपा (एकीकृत समाजवादी) सनाखत गरेसंगै बर्खास्त गर्ने तयारी भइरहेकै बेलामा खनालले पदबाट राजिनामा दिएकाे बताइएकाे छ ।
नेकपा एमाले पाटीको निर्देशन बुधबार नै मुख्यमन्त्री शाक्यले खनाललाई पदबाट हटाउने तयारी थालेकाे बताइरहँदा खनालकाे राजिनामा आएकाे हाे । खनालले मन्त्री बन्नुअघि नै मुख्यमन्त्री शाक्यलाई आफू माधव नेपाल समूह नछाड्ने जानकारी गराएका थिए ।
खनालसहितका बागमती प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय हेटाैडामा नेकपा एकीकृत समाजवादी दल राेजेका थिए । निर्वाचन आयोगले भदाै २२ गते सम्मकाे समय सिमा ताेकी दल राेज्न सूचना प्रकाशित गरेकाे छ । खनाल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यसमेत हुन ।