मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध जस्तै देखिने पदार्थ सहित हेटाैडाबाट ३ जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा हेटौंडा–५ का ३२ वर्षीय एन्जल मास्के, हेटौंडा–१४ का ३० वर्षीय सरोज डंगोल र हेटौंडा–१ का ३४ वर्षीय शुशिल कुमार लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–५ मास्केको घरकोठामा चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरो हेरोईन जस्तो देखीने पदार्थ २ सय ५० मिलिग्राम फेला परेको हो ।
डंगोल र लामालाई लागुऔषध जस्तो देखिने पदार्थ खरिद गर्न मास्केको घरमा आएको बोला पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डिएसपी जयश्वर रिमालले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उनले बताए ।