मकवानपुर । जिल्ला प्रशासन कार्यलय मकवानपुरबाट प्रदान गरिने सेवा प्रवाह आज भदाै १५ गतेबाट नियमित हुने भएकाे छ ।
मकवानपुर जिल्लामा कोरोना संक्रमणको जोखिम रहेकाे कारण अनावश्यक भिडभाड कम गर्न प्रशासनले पछिल्लाे समय गत साउन २८ गतेबाट सेवा प्रवाहमा अालाेपालाे दिन ताेकेकाे थियाे ।
भदाै १३ गते आइतबार सूचना जारी गर्दै प्रशासन कार्यलय मकवानपुरले भदौ १५ गतेबाट नागरिकता र राहदानी सम्बन्धी सेवामा लगाएको आलोपालो व्यवस्था हटाएको जनाएकाे छ ।
जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन २८ गतेबाट नागरिकता र राहदानी सम्बन्धी सेवाहरु निश्तिच दिनमा मात्रै प्रदान गर्दै आएको थियो ।
