मकवानपुर । मकवानपुरका १५ वटा स्वास्थ्य संस्थालाई अक्सिजन कन्सर्नट्रेटर हस्तान्तरण गरिएकाे छ । भदाै १४ गते साेमबार माउन्टेन हार्ट नेपाल र हेटौंडा-६ नम्बर वडा कार्यालयले मकवानपुरका विभिन्न १५ स्वास्थ्य संस्थालाई सोमबार अक्सिजन कन्सर्नट्रेटर एवं स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हाे ।
हेटौंडा-६ रामनगरस्थित निर्माणाधिन सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताल परिसरमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता एवं हेटौंडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंको अध्यक्षतामा अक्सिजन कन्सर्नट्रेटर एवं स्वास्थ्य सामग्री हस्तान्तरण भएको हो ।
कार्यक्रममा बकैया गाउँपालिका ३, बागमती गाउँपालिका २, मकवानपुरगढी गाउँपालिका ७, भीमफेदी गाउँपालिका ७, हेटौंडा वडा नम्बर ३, ५, ६, ९, १२, १३, १४, १५, १६, १८ र १९ का स्वास्थ्य चौकीलाई ७ लिटरको अक्सिजन कन्सर्नट्रेटर र स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा हेटौंडा-१५ का अध्यक्ष महारत्न लामा, हेटौंडा-१२ का अध्यक्ष ललित घलान, हेटौंडा-३ का अध्यक्ष रामकुमार पुडासैनी, हेटौंडा-१९ का अध्यक्ष नरनाथ सुवेदी, हेटौंडा-१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा-६ का वडा सदस्य राजकुमार बास्तोला, हेटौंडा-५ का वडा सदस्य ज्ञानु थापा, कांग्रेस नगर अध्यक्ष आनन्दराम पराजुलीकाे उपस्थिति थियाे ।
यसै गरी मकवानपुरगढी-७ का अध्यक्ष सूर्यबहादुर रूम्बा, सिद्धस्थली अस्पतालका प्रतिनिधि गोमा गौतम, गौतम समाज बागमती प्रदेश अध्यक्ष होमनाथ गौतम, हेटौंडा अस्पताल संचालन एवं व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईं, जनप्रिय प्राविधिक शिक्षालयका अध्यक्ष रमेश खतिवडा, सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाईं, सिद्धस्थली अस्पताल संचालक समिति सदस्य विष्णु ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा करिब ३७ लाख ५० हजार रूपैयाँ बराबरका सामग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष चौलागाईंले जानकारी दिए ।