मकवानपुर । मकवानपुरको भीमफेदी स्थित प्राकृतिक पोखरीमा ढुङ्गाबाट चिप्लिएर बेपत्ता भएका १ जना मृत भेटिएका छन् ।
शनिबार भीमफेदी गाउँपालिका वडा नंबर ८ को सिस्नेरी नेचुरल स्विमिङ्ग पुलले चिनिने प्राकृतिक पौडी पोखरी संगैको ढुङ्गामा बसेका ललितपुर लुभुका १९ वर्षीय सितब बडाल चिप्लिएर पोखरीमा बेपत्ता भएका थिए ।
बडाल सहित ६ जना साथीहरु शुक्रबार मार्खु घुम्न आएकाे बताइएकाे छ । शनिबार पोखरीमा पौडी खेलेर ललितपुर फर्कने तयारीमा रहेका ६ जना मध्ये ५ जनालाई पाैडन आउने भएकाले पौडी खेल्दै गरेकाे थिए । पोखरीकै ढुङ्गामा बसेर पाैडी खेलिरहेका साथीहरू हेरिरहेका बडाल एक ढुङ्गाबाट अर्को ढुङ्गामा हाम फाल्ने क्रममा चिप्लिएर पोखरी झरेका हुन् ।
करिब १६ फिट गहिराईको पोखरीमा बेपत्ता भए उनकाे शव शनिबार साँझ फेला पारेकाे हाे । नेपाल प्रहरी,आर्मी र स्थानीयहरुकाे सक्रियतामा पोखरीको पानी सुकाउने क्रममा बडाल मृत अवस्थामा फेला परेका हुन् । मृतक बडालकाे शव घटनास्थलमै रहेकाेमा मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।