मकवानपुर । हेटौंडाको फ्रेन्डसिप भेट्रान्स र सिमरा भेट्रान्सबिच शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । सिमरा भेट्रान्सको निमन्त्रणामा बाराको सिमरा रंगशालामा प्रतियोगिता भएको हाे । ९ ए साइड मैत्रीपूर्ण फुटबल प्रतियोगितामा हेटौंडाले सिमरालाई ४–३ गाेल अन्तरल पराजीत गरेकाे छ ।
निर्धारित ६० मिनेटको खेलमा फ्रेन्डसिप भेट्रान्स हेटौंडाले सिमरा भेट्रान्सलाई पराजित गर्दै जीत हात पारेको हो । जीत दिलाउनका लागि फ्रेन्डसिप भेट्रान्स हेटौंडाका कृष्ण गुरुङ र मनोज लामाले २/२ गोल गरेका थिए । सिमराको तर्फबाट हरि चौधरी, बिनोद परियार र रुपेन्द्र लालचन्दले समान १/१ गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

युनाल मल्लको कप्तानीमा मैदानमा उत्रिएको हेटौंडाको टिम र सिमराको टिमले मायाको चिनो समेत आदानप्रदान गरेका थिए । २ स्थानका भेट्रान्स खेलाडीहरु बिच आपसी चिनजान बढाउन तथा मित्रतालाई प्रगाढ बनाउनका लागि प्रतियोगिता भएको हेटौंडाका खेलाडी सुविन घिमिरेले बताए । फ्रेन्डसिप भेट्रान्स हेटौंडाको आयोजनामा सिमरा भेट्रान्सले हेटौंडा आएर केही दिन पछी मैत्रीपूर्ण खेल खेल्ने बताइएकाे छ ।