- संगीता दाहाल
एउटाले भन्यो “आहा यो सृष्टिको संरचना कति सुन्दर छ।” अर्कोले भन्यो “यो त तिम्रो भ्रम मात्र हो, विनाश र विकार देखेनौ र ?”
–सृष्टिको सुन्दर संरचना हिमाल,पहाड,खोलानाला,बन् जंगल र अनगिन्ती प्राणीहरू।
–श्वेत वस्त्र ओढेर शान्त र सौम्य भै बसेको हिमाल तर उसको विकराल विनासकारी रूप “हिउँ पहिरो”! जसले बेला बेलामा कयौं प्राणी तथा मानव बस्ती निर्ममता पूर्वक खर्लाप्प निल्ने गर्छ।
–गम्भीर स्वभाव देखाउने विशाल पहाड रिसाउँदा आउने पहिरोले कयौं मानव बस्तीलाई पृथ्वीको गर्भ गृहभित्र समाहित गरिदिन्छ।
–त्यो सुन्दर देखिने खोलानालाको चपेटामा परेर कयौं उर्वरा जमीन मरु भूमिमा परिणत हुन्छ।
–बनजंगलको विनाशको कारणले प्राणीहरूको जीवन खतरामा परेको छ।
सृष्टिको संरचना सुन्दर भएता पनि, उ भित्र अनेक विकारहरू उथल पुथल भएर मडारिरहेका छन्।जुन सुकै बेला विनाश गर्न तत्पर रहे झै?सृष्टिको सुन्दरता तिमीले देखें जस्तो सुन्दर मात्र छैन।अब यो मात्र भ्रम बन्न पुगेको छ।
गोठाटार, काठमाडौं