मकवानपुर । मकवानपुर प्रहरीले गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नंबर ५ बाट लागुऔषध गाँजा ४४ किलो सहित मनहरी ५ का रामचन्द्र माेक्तान र २२ वर्षीय अर्जुन लाेलाई पक्राउ गरेकाे हाे ।
शुक्रबार बिहान मनहरी गाउँपालिका वडा नंबर ५ जय सिंह स्थित खोलाको किनारामा भारी बोकी हिडिरहेको अवस्थामा प्रहरीले माेक्तान र लाेलाई चेकजाँच गर्दा लागुऔषध गाँजा ४४ किलो फेला परेकाेले दबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
दुबैजनालाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।