मकवानपुर । मकवानपुरकाे हेटाैडा उपमहानगरपालिकामा काेराेना विरूद्धकाे भेराेसिल खाेप प्रनः लगाइने भएकाे छ ।
यसअघि काेराेना (काेभिड १९) विरुद्ध भेरोसिल खोपको पहिलो मात्रा लिएकालाई भाद्र १२ गतेबाट १६ गतेसम्म दाेस्राे मात्रा खाेप लगाइने भएकाे हाे । यसै गरी १ पटक पनि खोप नलिएका व्यक्तिहरूलाई पहिलो मात्रा भाद्र १६ र १७ गते लगाइने हेटाैडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भाेलानाथ चाैलागाइले जानकारी दिए ।
भेराेसिल खाेपकाे पहिलाे मात्र लगाउनकाे लागि अनिवार्य अनलाइन फारम भर्नु पर्ने भएकाे छ । पहिलाे पटक भेराेसिल खाेप लगाउनेहरूकाे लागि अनलाइन दर्ताका आधारमा मात्र ताेकिएकाे समयमा खाेप लगाइने चाैलागाइले बताए । यसैगरी पहिलाे भेराेसिल खाेप लगाएका तर अनलाइन फारम नभरेकाहरूले समेत दाेस्राे मात्र खाेप लगाउनु अघी अनिवार्य अनलाइन फारम भर्नु पर्ने चाैलागाइले जानकारी दिए ।
यस पटक भेराेसिल खाेपकाे दोश्रो मात्रा लगभग १८ हजार जनालाइ लगाइने भएकाे छ । भेराेसिलकाे पहिलाे मात्रा ११ हजारलाइ लगाइने लक्ष्य रहेकाे बताइएकाे छ । भेराेसिल खाेप सेवा उपमहानगर अन्तरगत रहेका २० वटै स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने चाैलागाइले बताए ।