मकवानपुर । मकवानपुर प्रहरीले हत्या आरोपमा १ जनालाई पक्राउ गरेको छ । हेटौंडा-१६ हटिया भालुखोलाका मान बहादुर प्रजाकाे हत्या गरेकाे आरोपमा हेटौंडा-१६ हटिया भालुखोलाका राज कुमार भन्ने ठुलो सार्की मुक्तानलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
गत साउन ३२ गते राती स्थानीय ६४ वर्षीय प्रजालाई धारिलो हतियार बञ्चारोले प्रहार गरी हत्या गरेकाे घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा स्थानीय ४० बर्षिय मुक्तानलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।