मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय ४ किलो लागुऔषध गाँजा, मिनिट्रक सहित १ जना मानिस पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्या मकवानपुरले जिल्लाकाे थाहा नगरपालिका वडा ३ दोबाटो स्थित सडकखण्डमा डाँडाखर्कबाट शिखरकोट तर्फ जाँदै गरेको मिनिट्रकबाट गाँजा नियन्त्रणमा लिएकाे हाे । ना ७ ख ७६६४ नं. को मिनि ट्रकलाई चेकजाँच गर्दा ट्रकमा आलुको बोरा लोड रहेको बिचभागमा लुकाई ल्याएको ८ वटा पोकामा लागुऔषध गाँजा फेला पारेकाे थियाे । प्रहरीले ट्रक चालक मकवानपुरगढी गाउँपालिका वडा ८ बुढिचौर बस्ने ४१ वर्षीय अम्बरबहादुर घिसिङलाई पनि नियन्त्रणमा लिएकाे छ ।
ट्रक र चालकमाथि थप अनुसन्धानकाे कार्य भैरहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।