मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा ४ सय २१ जना नेकपा एमाले प्रवेश गरेका छन् । हेटाैडा उपमहानगरपालिका वडा नम्बर १७ र १८ मा बिभिन्न पार्टी परित्याग गरी एमालेमा ४ सय २१ जना प्रवेश गरेका हुन् ।
नेकपा एमालेको आयोजनामा पार्टी शुद्धीकरण तथा पाटी प्रवेश कार्यक्रमका अवसरमा नेपाली काग्रेस, राप्रपा, नेकपा माओबादी लगायतका पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए ।
पार्टी प्रवेश कार्याक्रममा एमालेका क्षेत्र नम्बर १ का सांसद तथा अर्थसमितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राइ, एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतले पार्टीमा प्रवेश गर्नेहरुलाई खादा र टिका लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा एमाले मकवानपुरका नेता बद्री लम्साल, कमल बिष्ठ, हेटौंडा १७ का वडा अध्यक्ष भैरव राइ, हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, नरहरी महत लगायतकाको आतिथ्यता रहेको थियो ।