मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध सहित २ जना पक्राउ गरेकाे छ । हेटाैडा १० बसपार्क प्रहरी चाैकीबाट खटिएकाे प्रहरी चेकिङ टाेलीले भदाै ८ गते लागुऔषध फेनारागन एमपुल–९, डाईजोपाम एमपुल–९, नुरफिन एमपुल–९ सहित एमपुल उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
विरगंजबाट चितवन तर्फ जाँदै गरेकाे ना ५ ख ३९४३ नं. काे बस चेकजाँच गर्दा उक्त परिमाणकाे लागुऔषध सहित चितवन रत्ननगरपालिका १० का दमन थापा र विनाेद चाैधरीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
ना ५ ख ३९४३ नं. काे बसमा सवार थापाकाे साथबाट उक्त परिमाणकाे लागुऔषध फेला परेकाे तथा थापासँगै सवार चौधरी समेतकाे संलग्नता रहेकाेले दुवै जनालाई नियन्त्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।