मकवानपुर । हेटौँडा अस्पतालको कोभिड इन्चार्जको जिम्मेवारी डाक्टर प्रशान्त बिडारीलाे पाएका छन् । मदन भण्डारी स्वासथ्य विज्ञान प्रतिष्ठान अन्तरगतकाे हेटाैडा अस्पतालमा सञ्चालनमा रहेको कोभिड एवं आइसियु इन्चार्ज डाक्टर सागर काफ्लेकाे ठाँउमा डाक्टर विडारीलाइ जिम्मेवारी दिइएकाे हाे ।
डाक्टर काफ्ले अध्ययनको शिलशिलामा जान लागेपछि डाक्टर बिडारीलाई जिम्मा दिईएको हो हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डाक्टर रामचन्द्र सापकोटाले बताए ।
कन्सल्टेन्ट, एनेस्थेसिया तथा क्रिटिकल केयरको जिम्मेवारी बिडारीलाई जिम्मेवारी दिएसँगै कोभिडका विरामीको उपचार थप व्यवस्थित हुने विश्वास रहेकाे डाक्टर सापकोटाले बताए ।