- तुलसा भण्डारी ‘तपस्या’
१.
पराइको घर धन्दा गरि खा नभन्नुहोस
उसैको सिंदुर उसैको पोते ला नभन्नुहोस
यो कुरौटे समाज को मुख बन्द गर्नु छ आमा ,
उम्मेर ढल्यो बिहे गरि मलाई जा नभन्नुहोस।
२.
सारा दुनियाँ दिक्क हुने गरि बोल्न मन लाग्छ
समाजले गरेको तिरस्कार खोल्न मन लाग्छ
छाउपडी ,दाइजो प्रथा ,जातीय विभेद के हो के,
हो यहि समाजको कुसंस्कार पोल्न मन लाग्छ।
सल्यान