मकवानपुर । नेपालमा १ हजार ९ सय २० जना काेराेना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जनामा कोरोना भाइरस पुष्टि भएसँगै संक्रमितकाे संख्या थपिएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ४३ पीसीआर परीक्षणमा १ हजार ७ सय २ जना र ३ हजार ७३ एन्टिजेन परीक्षणमा २ सय १८ गरी १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४७ हजार ४ सय ३३ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार २ सय ४८ रहेको छ । याे समेत ६ लाख ९८ हजार १ सय ७३ जना संक्रमणमुक्त भएका छन् । आइतबार काेराेना संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेकाे संख्या बढी छ । काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ जना रहेका छन् । जसमध्ये ३५ हजार ५ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १ सय ९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ८१ जना आईसीयू र १ सय ६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।