मकवानपुर । सरकारले जारी गरेकाे राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा हेटाैडामा प्रदर्शन गरिएकाे छ । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शुक्रबार हेटौँडामा प्रर्दशन गर्दै भण्डाफाेर कार्यक्रम गरेकाे हाे ।
अनेरास्ववियुले हेटौँडामा प्रधानमन्त्री शेरबहादुर देउवा तथा माधवकुमार नेपालको तस्बिर समेत जलाएका छन् । विद्यार्थीहरुले शेरबहादुर देउवा सरकारको राजिनामा समेत माग गरेका छन् । सरकारले जारी गरेको दल विभाजन सम्वन्धि अध्यादेशले लोकतन्त्र धरापमा परेको भन्दै अध्यादेश फिर्ताको लागि प्रर्दशन गरेको अनेरास्ववियु मकवानपुरले जनाएकाे छ । प्रर्दशनमा अनेरास्ववियुका केन्द्रीय तथा जिल्ला तहको नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।