मकवानपुर । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार(आज) सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय पनि गरेको छ । यसअघि गाईजात्रामा काठमाडाैं उपत्यकामा मात्र सार्वजनिक विदा दिने गरेकाे थियाे ।
यसैगरी बागमती प्रदेश सरकारले भदाै ७ गते मनाइने गाईजात्रा पर्वकाे अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने भएकाे छ । प्रदेश सरकार मन्त्रिपरिषदबाट बागमती प्रदेशकाे प्रमुख पर्वकाे रूपमा मनाइने गाईजात्रा पर्वकाे उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय भएकाे हाे ।
प्रदेश राजपत्रमा भदाै २ गते सुचना प्रकाशित गरी भदाै ७ गते सार्वजनिक विदा दिइने घाेषणा भएकाे हाे
