मकवानपुर । नेपालमा मनसुनी वायुकाे सामान्य प्रभाव रहेकाेले मध्यम वर्षाकाे सम्भावना रहेकाे छ । हाल न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ तथा बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापिय प्रणाली रहेको छ जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहेको छ । अन्य प्रदेशहरूमा आंशिक देखि र सामान्य बदली रहेको छ तथा बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ महाशाखाले जनाएकाे छ ।
भदाै ३ गते विहीबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन समेत महाशाखाले सबैमा अनुरोध गरेकाे छ।