गाँउपालिकाकाे आफ्नै भवनः मकवानपुरको भीमफेदी गाउँपालिकाकाे आफ्नै प्रशासकीय भवन बनेकाे छ । घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएकोमा पालिकाकाे सेवा अब आफ्नै भवनबाट हुने छ। हलसमेत गरेर ४२ कोठे भवन ४ करोड १२ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो । स्थानीय तह घोषणा भएको पाँच वर्षपछि पालिकाले आफ्नै भवन बनाएकाे हाे । २०७६ साल साउन १४ गतेबाट निर्माण सुरु भएको भवन २ बर्षमा निर्माण सम्पन्न भएको हो ।तस्विरः सहीखबर
भीमफेदी गाँउपालिकाकाे सेवा आफ्नै भवनबाट
