मकवानपुर । नेकपा माओवादी केन्द्र राक्सिराङका नेता सन्च बहादुर प्रजासहित विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका छन । आईतबार हेटाैडामा भएकाे पार्टी प्रवेश कार्यक्रममा प्रजा सहित १ दर्जन कार्यकर्ता माओवादी र नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।
एमाले पार्टी कार्यलय हेटाैडामा भएको पार्टी प्रवेश कार्यक्रममा नेता प्रजा सहित राक्सिराङ वडा नंबर ६ र ८ का अभिशेक चेपाङ,बनी राना चेपाङ,दिपक चेपाङ सहित १ दर्जन युवाहरु एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुरका इन्चार्ज रामेश्वर राना, संविधानसभा सदस्य एवं एमाले बागमती प्रदेश संगठन विभाग प्रमुख अनन्त पौडेल, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ लगाएतले स्वागत गरेका थिए ।
‘नेताहरुले नेतृत्वमा पुगेर पनि आश्वसन मात्र दिएकाले पार्टीमा निष्कृय भएर बसेको थिए’ एमाले प्रवेश गर्दै नेता प्रजाले भने अब एमाले पार्टीले आफुहरुलाई दिने जिम्मेवारी पुरा गर्नेछ्र ।’ कार्यक्रममा बोल्दै एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले आफ्नो गाँउ टोलदेखि देशको समृद्धिको निम्ति एमालेकै नेतृत्व आवश्यक रहेको बताए । उनले नवप्रवेशीहरुलाई पार्टीले उचित जिम्मेवारी दिने समेत बताए ।
एमाले बागमती प्रदेश संगठन विभाग प्रमुख अनन्त पौडेलले एमाले सरकारमा हुँदा र नहुँदा पनि जनताको साथमा रहेको बताए । नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुरका इन्चार्ज रामेश्वर रानाले एमाले सधै ‘समृद्ध नेपाल सुखी नेपाली’ को पक्षमा अघि बढिरहेको बताए । उनले गाउँगाउँमा एमालेकै जनलहर रहेको बताउँदै सरकारबाट बाहिरिदैमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को यात्रा नरोकिने बताए । उनले स्थानीय निर्वाचन नजिएकाे बताउँदै जिल्लाको १० वटै स्थानीय तह कमिटिहरुलाई निर्वाचन केन्द्रित भएर पार्टीका कार्यक्रमहरु अघि बढाउन आग्रह समेत गरेका छन् ।