मकवानपुर । मकवानपुरमा गत बैशाख महिनाबाट जारी निषेधाज्ञा भदौ १० गतेसम्म थप गरिएको छ । मकवानपुरमा काेराेना संक्रमण राेकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा लगाउँदै आइएकाेमा काेराेनाकाे जाेखिम कायम रहेकाेले जारी निषेधाज्ञा थप गरिएकाे हाे ।
पछिललो पटक थप गरिएको निषेधाज्ञाको समयसिमा साेमबार सकिदै छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारीले जिल्ला कोभिड व्यवस्थापन समिति, मकवानपुरको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आदेश जारी गरी निषेधाज्ञा थप गरिएकाे हाे ।
‘संक्रामक रोग ऐन, २०२० को दफा २, कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञालाई निरन्तरता दिई मिति २०७८ साल श्रावण ३२ गते सोमबार राती १२:०० बजेदेखि मिति २०७८ साल भदौ १० गते बिहिबार राती १२:०० बजेसम्म यस मकवानपुर जिल्लाभर निषेधाज्ञालाई भदौ १० गते राति १२ बजेसम्मलाई यस मकवानपुर जिल्लाभर निम्न बमोजिम हुने गरी आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले जारी गरेकाे आदेशममा भनिएकाे छ ।
आदेश अनुसार जिल्लाका निजि तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली निरन्तरता र खाद्यन्नको पसलहरु खोल्ने समय थप गरिएको छ । अब अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा,मासु, तरकारी, फलफुल, दुध, पानि अण्डा पसलहरु बिहान ५ बजे देखी बिहान ११ बजे सम्म खोल्न पाईने र गरैखाद्यान्य तथा अन्य पसलहरु दिउँसो १० बजे देखी बेलुका ५ बजे सम्म खोल्न पाईने भ्एकाे छ ।
यसअघि प्रशासनले अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा,मासु, तरकारी, फलफुल, दुध, पानि अण्डा पसलहरु बिहान ५ बजे देखी बिहान १० बजे सम्म खोल्न र गरैखाद्यान्य तथा अन्य पसलहरु दिउँसो १२ बजे देखी बेलुका ४ बजे सम्म संचालन गर्न दिएको थियो ।
यसैगरी, बैठकले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचररफर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । सार्वजनिक सवारीसाधनको हकमा कुल सिट क्षमताभन्दा बढी यात्रु नराख्ने गरी जोर–बिजोर प्रणालीमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्न पाइने अनुमति दिएको छ ।
प्रमुख जिल्ला अधिकारीबाट भएकाे आदेश

