मकवानपुर । मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको अध्यक्षमा लालकाजी रत्न बज्राचार्य सर्वसम्मतले चयन भएका छन् । शनिबार भएको छैठौँ पुर्नगठन कार्यक्रमले बज्राचार्यलाई ४ बर्षे कार्यकाल लागि पुनः अध्यक्षमा चयन गरेको हो ।
यसैगरी तेक्वान्दो कार्य समितिको प्रथम उपाध्यक्षमा निरु कुमारी मगर,द्वितीय उपाध्यक्षमा ओम कुमार लामा ,सचिवमा बिक्रम लामिछाने,सह—सचिवमा सुरेश ढुंगाना ,कोषाध्यक्षमा रबिन्द्र डंगोल रहेका छन् । जिल्ला तेक्वान्दो कार्य समितिमा १८ सदस्यीय कमिटि चयन भएका छन् ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल,मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष सानु लामा अतिथि रहेका थिए ।