- छविलाल खड्का
श्रीधर बाजे अेाछ्यान परेकाे पनि धेरै भयाे । यस पटक व्याथाले अलि बढी च्याप्याे । सुभद्राले छाेराहरुलाई जानकारी गराइन् । कान्छाले भन्याे – ” नआत्तिनू । केही हुँदैन । मलाई अफिसमा विदा मिल्दैन । दाजुलाई भन्नुस् न आमा । ठिक भैहाल्छ ।”
जेठाले भन्याे -” किन आत्तिनू भा’छ,, आमा ? केही हुँदैन । लामाे व्याथा हाे । याे तीजकाे बेला ग्राहककाे भीड छ । कमाइ धमाइ गर्ने बेला यही हाे । मलाई अलि फुसर्द भएन । कान्छालाई भन्नू न आमा ।” जेठाे छाेराे हुँ भन्नेले उपचार गर्नु पर्याे नि भन्दै कान्छाले माेबाइल स्वीच अफ गर्याे । कान्छाे लाडे छाेराे बन्नेले हेरचाह गरे हुँदैन । मैले मात्र अंश खाने हाे र । जेठाले पनि माेबाइल स्वीच अफ गर्याे । दुवै छाेराकाे माेबाइल स्वीचअफ भयाे ।
सुभद्रा आत्तिइन् । बुढालाई झन च्याप्याे । छाेरीहरुलाई फाेन गरिन । दुवै छाेरी बिजुली गतिमा आइपुगिन् । कुराकानी गर्न पाएनन् तर अन्तिम सास भेटे । रुवाबासी चल्याे । छरछिमेक जम्मा भए । पण्डित आए । आगनकाे तुलसी मठनेर लास सारियाे । छाेराहरुलाई खबर पठाइयाे ।
“सब तयारी गर्नुपर्छ । छाेरा आउने बितिकै हिड्न पर्छ । लास धेरै बेर राख्न राम्राे हुँदैन ।” पण्डित भन्दै थिए । सब तयारी अवस्थामा थियाे । छाेराहरु आए । भित्र गए । आमालाई भित्रै डाके । छलफल चल्याे । “बैक खातामा कति छ ? सुन चाँदी कता छन् ? याे घर कसरी बाँड्ने ? आजै छिनाेफानाे गर्नुपर्छ । भाेलि लफडा हुन्छ ।”
छाेराका कुराले आमाका आँखाबाट बलिन्द्र धारा आँसु बगे । पण्डित कराउँदै थिए – “ढिला भयाे । खै छाेराहरु काँध हाल्न पर्याे ।” सुभद्रा रुदै निस्किन् । सम्झिइन् – “छाेरा भएनन् भने स्वर्गकाे बाटै छेकिन्छ । नर्कमा वास हुन्छ ।” ससुरा बुवाले भनेका कुरा । तर छाेराहरु निस्केनन् । स्वर्गकाे बाटाे छेकेर आफ्नाे स्वार्थ पूरा गर्ने माैकामा थिए । परिस्थिति असहज बन्दै थियाे ।
क्रन्दनयुक्त आवाज आयाे – “पण्डित जी , शंक फुक्नुस् । बाजा बजाउनूस् । मन्त्र उच्चारण गर्नुस् । हामी पनि श्रीधरका सन्तान हाैं । हामी हाल्छाै काँध ।” दुवै छारीले काँध थापे । सबै भन्दै थिए – ” राम नाम सत्य हाे !”
काेहलपुर, बाँके