मकवानपुर । मकवानपुरको थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तहकाे रूपमा पुरस्कृत भएकाे छ । जिल्लाको १० स्थानीयतह मध्ये उत्कृष्ट कार्यसम्पादन गरेकोमा थाहा नगर प्रथम भएको हाे ।
जिल्ला समन्वय समितिले गरेको कार्य प्रगतिको मुल्यांकनको आधारमा मकवानपुरको थाहा नगर तेस्रो पटक प्रथम भएको हो । यस्तै जिल्लाको मनहरी गाउँपालिका दोस्रो भएको छ भने बकैयाँ गाउँपालिका तेस्रो भएको छ । जिल्ला समन्वय समिति मकवानपुरले आज छैठौं जिल्ला सभामा प्रथम, द्धितिय र तृतीय हुने ३ स्थानीय तहका प्रमुख/उपप्रमुखलाई सम्मानपत्र प्रदान गरेको छ।
जिल्ला सभाका प्रमुख अतिथि रहनुभएका बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले थाहा नगरका प्रमुख लबशेर विष्ट, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेलाई सम्मान पत्र प्रदान गरेका थिए । यसैगरी जिल्ला समन्वय समितिले आफ्नो छैठौं जिल्ला सभामा जिल्लाका विभिन्न संघ संस्था तथा व्यक्तिलाई समेत सम्मान गरेको छ ।
तेस्राे पटक पनि प्रथम भएपछि पारदर्शि रूपमा काम गर्ने प्रेरणा मिलेकाे थाहा नगरका प्रमुख लवशेर विष्टले प्रतिकृया दिए ।