मकवानपुर । मकवानपुर प्रहरीले गाँजासहित १ जना पक्राउ गरेको छ । कैलाश गाउँपालिका–८ का २९ बर्षीय दिलबहादुर बललाई गाँजा सहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरी चौकी चैनपुर राक्सिराङबाट खटिएको प्रहरी टोलीले साेमबार राक्सिराङ–५ परेवाभिर स्थित भित्री सडकखण्डमा भार्ताबाट मनहरी तर्फ पैदल आउदै गरेको बललाई शंका लागि चेकजाँच गरिएकाे हाे । चेकजाँच गर्दा बलले बाेकेकाे झाेलाबाट १५ किलो ९ सय ग्राम गाँजा बरामद गरी नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।