मकवानपुर । मकवानपुरमा निषेधाज्ञामा मास्क नलगाई हिड्ने १ सय ६२ जनालाई जरिवाना गरिएको छ । साेमबारबाट केही कडाई गरिएको निषेधाज्ञाकाे अादेश तथा मास्क अभियान सुरू भएकाे समयमा मास्क नलगाउने उनीहरूलाई जरिवाना गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका सहित १० वटै स्थानीय तहमा मास्क नलगाई हिड्न १ सय ६३ जनालाई जनही १ सय रुपैयाँका दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । कारवाही परेकामा सबैभन्दा बढी मनहरी गाउँपालिकाको मनहरी बजार क्षेत्रका र हेटौंडा बजार क्षेत्रका रहेको बताइएकाे छ ।
यसैगरि साेमबार नै जिल्लामा विभिन्न प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीबाट ६ सय ७५ थान मास्क वितरण समेत गरिएको छ । रिमालका अनुसार निषेधाज्ञाकाे समयमा जिल्ला प्रशासन कार्यालयले ताेकिदिएकाे समय बाहेककाे समयमा पसल सञ्चालन गर्ने १७ जनालाई नियन्त्रणमा लिईएको र सम्झाई बुझाई छाडिएको छ ।
काेराेना संक्रमणदर बढेसँगै मकवानपुर प्रशासनले जारी निषेधाज्ञामा अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा,मासु, तरकारी, फलफुल, दुध, पानि अण्डा पसलहरु बिहान ५ बजे देखी बिहान १० बजे सम्म खोल्न पाईने र गरैखाद्यान्य तथा अन्य पसलहरु दिउँसो १२ बजे देखी बेलुका ४ बजे सम्म संचालन गर्न दिएको छ । सावारी साधनमा जाेर विजाेर प्रणाली लागू गरिएकाे छ ।
मकवानपुर जिल्लामा गत बैशाख महिनादेखि निषेधाज्ञा जारी रहेको छ । पछिल्लो पटक साउन ३२ गतेसम्म निषेधाज्ञाकाे समय थप गरिएकाे छ ।