मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरले ९ जनालाई साधरण सदस्य समेत नरहनेगरी निष्काशन गरेको छ । माओवादी केन्द्र छाडेर विभिन्न पार्टीमा प्रवेश गरेका ९ जनालाई साधरण सदस्य समेत नरहनेगरी निष्काशन गरिएकाे हो ।
माओवादी केन्द्र मकवानपुरको हेटौँडामा सम्पन्न बैठकले माओवादी केन्द्र छाडेर विभिन्न पार्टीमा प्रवेश गरेका ९ जनालाई पार्टी हित बिपरित कार्य गरेको स्थानीय पार्टी कमिटिले गरेको सिफारिसको आधारमा साधरण सदस्य समेत नरहनेगरी निष्काशन गरेको हो ।
निष्काशन कारबाहीमा पर्नेहरुमा बकैया गाउँपालिका कमिटि सदस्य सुनिल दर्लामी, थाहा नगरपालिका कमिटि सदस्य राजुमैया कार्की, कैलाश गाउँपालिकाका सदस्य एक बहादुर आले, कैलाश गाउँ कमिटि सदस्य सानुभाई विष्ट रहेका छन् । यसैगरी हेटौंडा उपमहानगरपालिका कमिटि सदस्य दिपक खड्का, उत्सव चौँलागाई, शालिक ढकाल, बागमती गाउँपालिका सदस्य केशल तिमल्सिना पनि कारबाहीमा परेका छन् ।
साथै नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य जय बहादुर वाईबालाई पार्टी प्रदेश कमिटिमा कारबाहीको लागि सिफारिस गरिएको नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिनले बताए ।