मकवानपुर । मकवानपुरमा ४० जना काेराेना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए सँगै उक्त संख्या थप भएकाे हाे ।
५२ जनाको पीसीआर र ६१ एन्टीजेन परीक्षणमा क्रमशः ३० जना र १० जना गरी ४० जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा हालसम्म १३ हजार ९ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।
यसै गरी साेही अवधीमा मकवानपुरमा १ जना काेराेना संक्रमणा पुष्टि भएकाकाे मृत्यु भएकाे छ । हेटौंडा १ का ५६ वर्षीय काेराेना संक्रमित पुरुषकाे आइतबार बिहान ९ बजे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा हालसम्म मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ६९ जना कोरोना संक्रमण निकाे भएका छन् । यो संगै मकवानपुरमा हालसम्म १२ हजार ६ सय ६७ जनाले कोरोना निकाे भएका छन् । जिल्लामा हाल १ हजार ७९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा १ हजार ३१ जना आफ्नै घरमा र ४८ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
नेपालमा थपिए २ हजार ५ सय ४८ जना काेराेना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पीसीआरबाट २ हजार १ सय ३७ र एन्टीजेन परीक्षणबाट ४ सय ११ गरि थप २ हजार ५ सय ४८ जना संक्रमित थपिएको जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ४ सय ८५ जना रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि शनिबार नेपालमा १९ जना संक्रमितको मृत्यु भएको थियो । यो संगै नेपालमा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ ।