हिजोसम्म शून्य थिए, रातारात कसरी
केही जीवन आकासिए ,रातारात कसरी
क्रान्तिमा विश्वास गरी पछि लागियो हिँडियो
तिम्रा विचार बदलिए , रातारात कसरी
सरकार छोरी मरिन आज न्याय माग्छु यहाँ
न्यायाधीशहरूनै फेरिए रातारात कसरी
थिए देश कोपर्ने केही धमिरा जुटेका
आज तिनै किरा फैलिए रातारात कसरी
आउला सोचियो उज्यालै उज्यालो जीवनमा
दियाहरू तेल सकिए रातारात कसरी
विराटनगर