मकवानपुर । कानुनी व्यवस्था स्पष्ट नभएको कारण नेपालमा मानव बेचबिखन तथा मानवीय अंगकाे बेचबिखनको क्रम बढेको बताईएको छ ।
कानुन व्यवहारिक नभएको कारण आन्तरिक ओसारपसार पनि बढेको बारे छलफलमा सवाल उठाइएकाे थियो । नारी सिप सिर्जना केन्द्र मकवानपुरकाे आयाेजनामा मकवानपुरमा मानव बेचबिखब रोकथाम तथा सुरक्षित स्थानागमन प्रवर्द्धन परियोजना अन्तरगत मकवानपुरका सन्चारकर्मीको लागि मानव बेचबिखन विरुद्ध अभिमुखिकरण कार्यक्रममा यस्ता सवाल उठाइएको हो ।
कार्यक्रममा अधिवक्ता मुकुन्द अधिकारीले मानव बेचबिखन तथा ओसारपसार बारे पछिल्लो कानुनी संशोधन बारे जानकारी गराएका थिए । अधिकारीले असुरक्षाको कारण धेरै पीडितहरू कानुन उपचारबाट बन्चित हुने गरेको, गोपनियताको हक हनन हुने गरेको तथा क्षेतिपुर्तिको अधिकार बारे जानकारी गराइएका थिए ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक चिरञ्जिवि पाैडेलले नेपालकाे कानुन प्रभावकारी भएपनि व्यवहारी बनाउनकाे लागि आमनागरिका कानुनी सचेतना आवश्यक भएकाे बताए । ‘सबै तहका व्यिक्तिहरूका कानुनी ज्ञानकाे कमी भएकाे कारण पनि मावन अंगकाे तस्करी बढेकाे छ, यसकाे लागि कानुनी सचेतनाकाे विकल्प छैन’ कार्यकारी निर्देशक पाैडेलले भने ।
कार्यक्रममा मकवानपुरका विभिन्न सञ्चार माध्यममा आवद्द सञ्चारकर्मीहरूकाे सहभागीता रहेकाे थियाे ।