मकवानपुर /एकातिर समयमा काम नभएपछि बजेट फिर्ता हुने अर्को तिर विकास निर्माणको अभाव रहिरहने परिपाटी नै रहेको बेला मकवानपुर जिल्लामा भुकम्पपछि विद्यालयको पुनर्निर्माण क्षेत्रमा भने खर्च प्रगति सन्तोषजनक देखिएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाको कार्यालयको खर्च प्रगती ९८ प्रतिशत रहेको कार्यालयले जनाएको छ । कार्यालयको आर्थिक वर्ष २०७७/७८ को भौतिक प्रगति ९८ दशमलब २० प्रतिशत रहेको छ । कुल बजेट ४७ करोड ४५ लाख ८४ हजार २०८ रुपैयाँ मध्ये ४६ करोड २४ लाख ९२ हजार ४ सय ६३ अर्थात ९७ दशमलव ४५ रहेको छ ।
र्यालयको चालुतर्फ बजेट १ करोड १२ लाख ८७ हजार ३२ मध्ये ८६ दशमलव ९३ प्रतिशत अर्थात ९८ लाख १२ हजार ९०६ रुपैयाँ खर्च भएको छ । यस्तै पूँजीगत तर्फको बजेट ४६ करोड ३२ लाख ९६ हजार ८८८ मध्ये खर्च ४५ करोड २६ लाख ७९ हजार ५५७ रुपैयाँ अर्थात ९७ दशमलब ७० प्रतिशत रहेको कार्यालय प्रमुख पाठकले जानकारी दिए ।
मकवानपुर जिल्ला २०७२ बैशाखको विनाशकारी भुकम्पबाट क्षेति पुगेको १८ जिल्लामध्ये अति प्रभावित जिल्ला हो । उक्त भूकम्पमा परी मकवानपुरका ३३ जनाले ज्यान गुमाएका थिए भने ७ सय ७१ जना घाइते भएका थिए । साथै, ४६ वटा सरकारी भवन, ६५ वटा स्वास्थ्य संस्था, १ सय २४ गुम्बालगायत मठ मन्दिरहरुमा क्षति पुगेको थियो ।