मकवानपुर । मकवानपुरकाे बागमती गाँउपालिकामा सामुदायिक आँखा केन्द्र संचालन हुने भएकाे छ । बागमती गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पताल बीच आँखा केन्द्र संचालनकाे लागि बुधबार सम्झाैता भएसँगै आँखा केन्द्र संचालन हुने भएकाे हाे ।
सम्झाैताअनुसार आँखा केन्द्र संचालनकाे लागि गाउँपालिकाले २ जना स्वास्थ्यकर्मीकाे पारिश्रमिक रकम अनुदान स्वरूप उपलब्ध गराउने भएकाे छ । यसैगरी केन्द्रकाे स्थान र आवश्यकीय भाैतिक पुर्वाधारकाे व्यवस्था गर्नुपर्ने समेत गाँउपालिकाले गर्ने सम्झाैतामा उल्लेख छ । केन्द्रकाे प्रचारप्रसार गर्ने, सेवा संचालनकाे लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने, पालिका भित्रका शैक्षिक संस्थामा अध्ययनरत वालवालिका, विपन्न वर्ग, अपांग, एकल महिला , अति विपन्न समुदायकाे लागि विशेष कार्यक्रम संचालन गाँउपालिकाले गर्ने गरी सम्झाैता भएकाे ।
यस्तै केन्द्रकाे लागि आवश्यक बजेट विनियाेजन र अस्पतालकाे तर्फबाट आवश्यक सामाग्री तथा उपकरण , आवश्यकता अनुसारकाे प्राविधिक जनशक्ति उपलब्ध गराउने साथै आवश्यकीय वजेट विनियाेजन गर्ने लगाएतका द्वीपक्षीय सम्झाैता भएकाे छ । सम्झाैता हस्ताक्षर गरेकाे मितिले आगामी पाँच वर्षसम्म कायम रहने सम्झाैतामा उल्लेख छ ।
अत्यन्तै सम्वेदनशील अंग आँखा भएकाेले आँखाकाे समस्याकाे कारण व्यक्ति सक्षम तथा सबल भएपनि कुनै काम गर्न नसक्ने द्वीपक्षीय सम्झाैता हस्तान्तरणमा गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए । घलानले आँखा सम्बन्धी सानाे समस्याकाे उपचारकाे लागि हेटौंडा धाउनुपर्ने बाध्यता रहेकाेमा आँखा केन्द्र संचालन पछि पालिका स्तरमै सेवा सहज हुने जनाकारी दिए ।
आँखा अस्पतालले स्थानीय निकायहरूकाे सहकार्यमा गरेकाे कार्य अत्यन्तै प्रभाकारी भएकाे हेटौंडा सामुदायिक आँखा अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए ।
आँखा केन्द्रमा आँखा जाँच, चश्मा जाँच, सामन्य शल्यक्रिया, अौषधी सहितकाे सेवा आगामी तीन महिनाभित्र दैनिक रूपमा सेवा प्रदान गरिने बरिष्ठ प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।