मकवानपुर । नेपाली सेनाकाे कायम मुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।
नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्ने पदावधि भदौ २४ बाट समाप्त हुँदैछ ।थापाले अनिवार्य अवकास पाउने भएपछि राष्ट्रपति भण्डारीले सो पदमा शर्मालाई नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ ।
