मकवानपुर । मकवानपुरमा ४ सय ३२ जना काेराेना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ सय ३२ जनामा कोरोना पुष्टि भए सँगै संक्रमितकाे संख्या थपिएकाे हाे । मकवानपुरमा पछिल्ला केही दिनहरुमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ३० जनाको पीसीआर परीक्षणमा ६६ जना र १ हजार १५ जनाको एन्टीजेन परीक्षणमा ३ सय ६६ गरी ४ सय ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
काेराेना पुष्टि हुनेहरुमा सबैभन्दा बढी भीमफेदी गाउँपालिका भित्रका रहेका छन् । भीमफेदी स्थित भीमफेदी कारागार भित्रका ३ सय ५५ जना कैदी सहित ३ सय ६२ जनामा कोरोना पुष्टि भएको छ । अन्य संक्रमित हेटाैडा सहित गाँउपालिकाका रहेकाे छन् । यो संगै जिल्लामा ९ सय ८० जना सक्रिय संक्रमित पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना संक्रमित संक्रमण मुक्त भएका छन् । मकवानपुरमा हालसम्म १३ हजार २ सय ६१ जनामा कोरोना पुष्टि हुँदा १२ हजार १ सय संक्रमित निकाे भएका छन् ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-१८ की ४८ वर्षीया महिला रहेको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झा ले जानकारी दिए । झाका अनुसार महिलामा दुई दिन अघि साउन १३ गते एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको थियो ।
उनलाई हिजो साउन १४ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएकोमा आज बिहान ४ बजे उपचारको क्रममा मृत्यु भएको अधिकारी झाले बताए । यो संगै जिल्लामा जिल्ला भित्रका कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४२ पुगेको छ ।