मकवानपुर । मकवानपुर प्रहरीले ६५ किलो लागूऔषध गाँजा र स्कारपियो सहित २ जनालाई पक्राउ गरेको छ ।
विहीबार हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीमा मनहरी तर्फबाट हेटौंडातर्फ आउदै गरेको बा ११ च ९५०९ नंबरको स्कारपियो गाडीलाई चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको ६५ किलो लागूऔषध गाँजा फेला परेकोले स्कारपियाे सहित २ जना पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
गाँजा र स्कारपियाे सहित पक्राउ पर्नेमा भरतपुर महानगपालिका २० चनौली चितवनका ३८ वर्षीय रोशन परियार र राक्सिराङ गाउँपालिका ६ मकवानपुरका ४३ वर्षीय ललित तामाङ रहेका प्रहरीले जानकारी दिएकाे छ ।
उनीहरु सहित लागूऔषध गाँजा स्कारपियो नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।