मकवानपुर । कोरोना भाईरस महामारी नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञा मकवानपुरमा पुनः १० दिन थपिएको छ ।
तर निषेधाज्ञाको प्रभावकारितामा भने प्रश्न उठाउन थालिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापनको संयोजक एवं जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख भरतमणी पाण्डेले जारी निषेधाज्ञा थप १० दिन थपिने निर्णय भएको जानकारी दिए ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले थप १० दिन निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा साउन १४ गने सम्म रहेको थियो । निषेधाज्ञा खुकुलोनै रहने प्रमुख पाण्डेले बताए ।
जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या नघटेको र संक्रमणको जोखिम कायम रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रमुख पाण्डेले बताए ।
प्रशासनले निषेधज्ञामा बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यन्न व्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य व्यवसायहरु सञ्चालन गर्न अनुमति दिएको छ । संघीय सरकारले बन्द गरेका शैक्षिक संस्थाहरु सहितका व्यवसाय भने बन्दनै रहने छ । जिल्लामा निजि तथा सार्वजनिक यातायात संचालन भईरहेको छ ।
जिल्लामा गत बैशाख २१ गतेबाट निषेधाज्ञा जारी छ ।तर यसको खासै प्रभावकारिता देखिएको छैन । बजार व्यापक भिड देखिँदा प्रशासनले वास्तै गरेको छैन ।
प्रभावहिन निषेधाज्ञा पुनः १० दिन थपियो
