मकवानपुर । सुनिल कोइरालाले यस वर्षको तीजलाई लक्षित गरी ‘पीया राजै’ तीज गीत बजारमा ल्याएका छन् । नेपालीहरूको विभिन्न चाडपर्वमा साङ्गीतिक कोसेली पस्कँदै आएका सञ्चारकर्मी समेत रहेका काेइरालाले गङ्गा लामिछानेको स्वरमा तीजकाे काेशेली गीत पीया राजै ल्याएका हुन् ।
‘पिया राजै’ गीतले जन्मघर तथा माईती घरको सम्झना र मायालाई गीतका पङ्क्तिद्वारा नारी मनोभाव व्यक्त गर्न खोजेको देखिन्छ । यस गीतमा कम्पोज,एरेन्ज र मिक्सिङ्ग विपिन आचार्यले गरेका छन् ।
रबिना भण्डारी, राजाराम सिम्खडाको मुख्य अभिनय रहेको गीतका निर्माता प्रधुम्न भट्टराई हुन भने गीतको भिडियो निर्देशन र कोरियोग्राफी प्रविन थापाले गरेका छन् ।