मकवानपुर । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले देशभर माैसम बदली रही हल्कादेखि मध्यम बर्षाकाे सम्भावना रहेकाे छ ।
अहिले देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था रहेकाेले गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश १ र सदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको संभाबना समेत रहेको छ । भारी बर्षाले पहाडी भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ ।
आगामी ३ दिनकाे माैसम
११ गते सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
साउन १२ गते मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
साउन १३ गते बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।