‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि पुन: प्रशारण हुने भएकाे छ । कोरोना संक्रमण जाेखिम कम गर्न गरिएको निषेधाज्ञाका कारण कमेडी क्लबकाे नयाँ भागकाे छायाँकन राेकिएकाे थियाे । कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ भागको छायाँकन शुरु भएकाेले साेमबार बाट नियमित प्रशारण काे तयारी गरिएकाे हाे ।
आगामी सोमबारदेखि शोलाई नियमित प्रशारणमा ल्याउने तयारीका साथ छायाँकन शुरु गरिएको कार्यक्रमका जीतु नेपालले बताए । निषेधाज्ञाको समयमा ‘मुन्द्रेको कमेडी क्लब’मा पुरानै भागहरु शारण गरिएको थियो । नेपाल टेलिभिजनबाट सोमबार बेलुका प्रशारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ लोकप्रिय कमेडी कार्यक्रममा पर्दछ ।