प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई ऋण खोजेर भएपनि खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। खोप पहिलो प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री देउवाले ऋण लिएर भए पनि जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्याउने प्रतिवद्धता व्यक्त गरे। उनले भने,’ ऋण लिएर भएपनि,जति महंगो भएपनि नेपाली जनतालाई खोप दिलाउने प्रतिवद्धता पूरा गर्छौं।’
उनले आफूलाई सहयोग गर्ने सबै सांसदहरुलाई धन्यवाद व्यक्त गर्दै सबै मिलेर काम गर्ने प्रतिवद्धता जनाए। प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन कुनै पनि पार्टीलाई अनुरोध गरेको तर ह्वीप नलगाएको स्पष्ट पारे।
‘हामीले ह्वीप लगाएनौं। हामीले अनुरोध मात्र गरेका हौं, एमालेकै पार्टीका नेतालाई पनि अनुरोध गरेका हौँ ‘ उनले भने। प्रधानमन्त्री देउवाले संयुक्त सरकारले मिलेर काम गर्ने बताए।’ अनुभवी नेताहरु हुनुहुन्छ, सबै साथीहरु मिलेर काम गर्छौं,’ उनले भने। http://annapurnapost.com