मकवानपुर । मकवानपुर ६९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् । शुक्रबार हेटौंडा–१३ पदमपोखरीमा अन्य पार्टी परित्याग गरेका ६९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पदमपोखरीमा भएको कार्यक्रममा नेपाली कांग्रेसका हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीसहितका नेताहरुले उनीहरुलाई कांग्रेसको सदस्यता दिएका थिए।
एमाले, माओवादी र राप्रपा परित्याग गरी काँग्रेस प्रवेश गर्नेहरु स्थानीय ठाकुरनाथ खतिवडा, लेखप्रसाद ढुंगेल, विनोद थोकर, सोमलाल रुम्बा, अनिल विश्वकर्मा, यमबहादुर सुनार, विनोदप्रसाद चौलागाइँ, भुषण खतिवडालगायत छन् ।
‘जनताले दिएको दुई तिहाई बहुमतलाई लत्याउँदै मनलाग्दी गरेका कारण केपी शर्मा ओली सत्ताच्यूत हुनुपरेको छ’ कार्यक्रममा कांग्रेस उपमहानगर सभापति पराजुलीले भने ‘‘झुटको खेती धेरै समय टिक्दैन भन्ने प्रमाणित भएको छ । जनता कम्युनिष्ट सरकारबाट आजित भैसकेका छन् ।’ कार्यक्रममा नेपाल तरुण दल हेटौंडा उपमहानगर अध्यक्ष सुनिल गिरीले पछिल्लो समय कांग्रेसमा युवाहरुको आकर्षण बढेको भन्दै युवालाई अप्ठेरो परेको अवस्थामा तरुण दल साथ दिन तयार रहेको बताए ।
तरुण दलका जिल्ला सदस्य आशिष थापामगरको पहलमा पार्टी प्रवेश कार्यक्रम भएको हो । कांग्रेस नेता कृष्ण थिङको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस १३ नम्बर वडा सभापति चम्फुरत्न लामा, स्थानीय नेताहरु अर्जुन थिङ, धिरेन लामा, अमृत लुङ्बा, सूर्य थोकरलगायतको आतिथ्यता रहेको थियो ।