मकवानपुर । मकवानपुरगढीमा निर्माण सम्पन्न भएकाे झोलुङ्गे पुलकाे उद्घाटन गरिएकाे छ । बुधबार गाउँपालिकाकाे वडा नम्बर–८ इच्चुङ र वखरडाँडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन् बागमती प्रदेशसभाका सदस्य कुमारी मोक्तानले गरिन् ।
झोलुङ्गे पुल निर्माण भएपछी स्थानीयलाई धेरै सहज भएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईले बताए । एक करोड रुपैयाँ लागतमा झोलुङ्गे पुल निर्माण गरिएको हो । झोलुंगे पुल बनेपछि स्थानीयबासीलाइ अावतजावलमा निकै सहज हुने हुमागाइ बताउँछन् ।
मकवानपुरगढी गाउँपालिकामा सडक, पक्की पुल निर्माणसंगै झोलुङ्गे पुल निर्माणको कामले पनि तिब्रता पाएको अध्यक्ष हुमागाईले बताए । वर्षायामको समयमा दुइवटा गाउँ ओहोर दोहोर गर्नका लागि निकै समस्या भएपनि झोलुङ्गे पुल निर्माण पछी सहज भएको भन्दै स्थानीय खुसी भएका छन् ।झोलुङ्गे पुलको निर्माणले ओखरडाडा बासी जनसमुदायलाई तरकारी लगायत कृषि उपज बजार पुर्याउन सहज हुनेछ ।
पुल उद्घाटन कार्यक्रममा भिमफेदी गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष प्रितिलाल लामा, समाजसेवी मेम्बर लामा, मकवानपुरगढी गापाको प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी, स्वास्थ्य प्रमुख ध्रुव लामिछाने सहभागिता रहेको थियो ।
