मकवानपुर । मकवानपुरमा २०७८ साउन १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मकवानपुरमा काेराेना संक्रमण बढ्दै गएकाेले राेकथामकाे लागि २०७८ बैशाख २१ गतेबाट जारी निषेधज्ञा पटक पटक थप गर्दै पुनः श्रावण १४ गतेसम्म थप गरिएको हो ।
साउन ६ गते बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा १ हप्ता थप्न गर्न जिल्ला सुरक्षा समितिलाइ सिफारिस गर्ने निर्णय गरेकाे थियाे । कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको सिफारिस समेतकाे आधारमा मकवानपुरमा काेराेना संक्रमणकाे दर घट्दै गएकाे तर जाेखिम कायम रहेकाेले जिल्ला सुरक्षाा समितिकाे समेत निर्णयबाट प्रमुख जिल्ला अधिकारीकाे आदेश जारी गरी निषेधाज्ञा थप गरिएकाे हाे ।
आदेश अनुसार साउन ७ गते राति १२ बजेदेखि साउन १४ गते बिहिबार राति १२ बजेसम्म १ हप्ता निषेधाज्ञा थपिएकाे हाे । संक्रामक रोग २०२० को दफा २, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जारी निषेधाज्ञालाई निरन्तरता दिइने निर्णय भएकाे हाे ।
हेर्नुहाेस निषेधाज्ञा आदेश