मकवानपुर । नेपाल सरकारकाे विभिन्न सेवा समूहमा कार्यरत निजामति तर्फका २ हजार ३ सय ८४ जना कर्मचारीले अवकास पाउने भएका छन् । अवकास पाउनेमा विशिष्ट श्रेणीका सचिव देखि कार्यालय सहयाेगीसम्मका कर्मचारी रहेका छन् । राष्ट्रिय किताबखाना (निजामती) ले असार ५ गते मंगलबार चालु आर्थिक वर्ष २०७८/७९ मा अवकाश हुने कर्मचारीको अनुमानित सूची सार्वजनिक गरेर अवकासकाे जानकारी गराएकाे हाे ।
अवकाश हुने कर्मचारीको अनुमानित सूची अनुसार निजामति कर्मचारीमा नेपाल सरकारका विशिष्ट श्रेणी (सचिव) १३ जना रहेका छन् । १३ जना मध्य ३ जनाले २०७८ साल साउन महिनाभित्रै अनिवार्य अवकाश पाउँदैछन् ।
निजामती किताबखानाका अनुसार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आज बुधबारदेखि नै अनिवार्य अवकाश पाएका छन् । अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीले साउन २४, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद पौड्यालले साउन २६ गते अवकाश पाउँदैछन् ।