मकवानपुर । रक्तसञ्चार केन्द्रमा रगतको अभाव खड्की रहेको बेला समृद्ध युवा बचत कोष हेटौंडाले रक्तदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा ४० जनाले रगत दान गरेर कोषका संस्थापक अध्यक्ष किरण लामिछानेले बताए । कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा ७ का अध्यक्ष राजन थापाकाे प्रमुख आतिथ्यता तथा काेषका अध्यक्ष युवराज गाैतमकाे अध्यक्षतामा भएकाे थियाे । कार्यक्रमा नागस्वती रेडक्रश उपशाखा अध्यक्ष ध्रुबप्रसाद चौलागाईं, वडा ७ का युवाहरुको उपस्थिती रहेको थियो ।
कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै दुरी कायम गरेर रक्तदान कार्यक्रम गरिएको लामिछानेले बताए । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाका इन्चार्ज टंक दाहाल, प्रतिनिधि विष्णु रिमालले सहजिकरण गरेका थिए ।

तस्बिरहरू साैजन्यः किरण लामिछाने/ हेटाैंडा ७ ।