मकवानपुर । नेपाली काँग्रेस मकवानपुरकाे सदस्यता वितरण विवाद सहमतिमा टुंगिएकाे छ । नेपाली कांग्रेस मकवानपुरमा सभापती इन्द्रबहादुर बाँनीयाले एकलौटी रूपमा नयाँ क्रियाशील सदस्यता वितरण गरेकाे भन्दै आन्दोलनरत नेपाली कांग्रेस मकवानपुरका नेता माईकल रामचन्द्र अर्याल, नेपाल विद्यार्थी संघका महामन्त्री प्रभात दाहाल सहितका नेताहरुले आफुहरुको मागलाई संवोधन गर्ने सहमति गरेको भन्दै धर्ना स्थगित गरिएको जनाएका छन् ।
मकवानपुरमा सभापती बाँनीयाले एकलौटी, कांग्रेसको विधान विपरित नयाँ क्रियाशिल सदस्यता बितरण गरेको र तत्कालिन मधेसी जनअधिकार फोरम ( लोकतान्त्रिक) का सदस्यहरुको समायोजन गरेको नाउँमा अबैधानिक तबरले २१ जनाको नाम थप गरेको भन्दै बिबाद बढेपछि अर्याल, दाहाल लगायतका मकवानपुरका काग्रेस नेताहरू केन्द्रीय कार्यलय काठमाडाैंमा धर्नामा बसेका थिए ।
हेटौँडाको केही वडाहरुको समस्या समधान भएको र फोरम लोकतान्त्रिकका सदस्यता समायाेजन गरेकाे नाममा दिईएको भनिएको सदस्यता नदिने सहमति भएपछि धर्ना स्थगित गरेकाे बताइएकाे छ । मकवानपुरको नेतृत्वले कपोकल्पित ढंगबाट हेटौँडा वडा नंबर २, ९ सहितका सदस्यलाई क्रियाशिल सदस्य बनाएको, लोकतान्त्रिकको नाउँबाट २१ जनालाई चुनावी प्रयोजनको लागि क्रियाशिल सदस्य दिईएको भन्दै क्रियाशिल सदस्य कटौती, लोकतान्त्रिकको समायोजन कटौति लगाएतको माग राखी कांग्रेस मकवानपुरका नेताहरु धर्नामा बसेका थिए ।
कांग्रेस महाधिवेशन नजिकदै गर्दा बाँनीयाले आफ्नो सचिवालयका मिलन पुडासैनी सहित सुनिल अधिकारी, मिठाराम दाहाल, युवाराज लामा, अञ्जना उपाध्यय, सिता नेपाल, चेतकुमारी न्यौपाने, प्रकाश बर्तौला, प्रमिला खतिवडा सहित २१ जनाको क्रियाशिल सदस्य सिफारिस गरेका थिए ।