मकवानपुर । विद्यार्थी संगठनको आन्दाेलन पछी नेपाल आयाल नियमले इन्धनकाे मूल्य घटाएकाे छ । संयुक्त विद्यार्थी संगठनको आन्दोलनपछि नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको जनाएकाे छ ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले नेपाल आयाल निगमले गरेकाे इन्धनको मूल्यवृद्धि विरुद्ध केही दिनदेखि आन्दाेलन गर्दै आएका थिए । आन्दोलन चर्काउदै लगेकाे विद्यार्थी संगठनले बुधबार पेट्रोल पम्प नै बन्द गराएका थिए । निगमले बुधबार राति १२ बजेदेखि कार्यान्वयन हुनेगरी पेट्रेल, डिजेल र मट्टीतेलको मूल्य एक–एक रुपयाँ घटाएको हो ।
निगम प्रवक्ता विनितमणि उपाध्यायले प्रेस विज्ञप्ती प्रकाशित गरी पेट्रोल प्रतिलिटर १ सय २८ र डिजेल र मट्टीतेलको मूल्य १ सय ११ कायम गरी मूल्य समायोजन भएकाे जनाएका छन् । यसअघि पेट्रोलको मूल्य १ सय २९ थियो भने डिजेल र मट्टीतेलको मूल्य १ सय १२ रुपैयाँ थियो ।
निगम प्रवक्ता उपाध्यायले निगमले मूल्य समायोजन गरेसँगै संयुक्त विद्यार्थी संगठनले विरोधका कार्यक्रम फिर्ता लिने विश्वास लिएको बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको भन्दै निगमले मूल्य समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबैले बुझ्नु पर्ने प्रवक्ता उपाध्यायले बताए । उनले निगमलाई स्वचालित मूल्य प्रणालीमा लान सबैले सहयोग गर्ने विश्वाससमेत लिएका छन् ।
