मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
सर्वोच्चकाे साेही परमादेश बमाेजिम मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ । नव नियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजेका लागि शपथ ग्रहण कार्यक्रम ताेकिएकाे छ ।