मकवानपुर । आदिकवि भानुभक्त आचार्यको २ सय ८ औं जन्मजयन्ती आज मनाइँदै छ । सरल नेपाली भाषामा लेखिएको ‘रामायण’ का कारण भानुभक्तको नेपाली साहित्यमा योगदान छ । नेपाली साहित्याकाशमा भानुभक्तलाई आदिकविकाे उपमाले चिनिन्छ । भानुभक्त नेपालका राष्ट्रिय विभूति हुन् ।
हाम्राे घर–घरमा पढिने रामायणलाई नेपाली भाषामा लेखेर सवै नेपालीलाई गुन लगाएका छन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले एक दिन घाँसीले कुवा खनेकाे देखेका थिए । घाँसीसँगकाे सम्बादमा कुवा खनेर आफ्नाे नाम राख्ने बताएका थिए । घाँसीकाे बचन पछी जन्मेपछि राम्रो काम गरेर नाम कमाउन पर्ने रहेछ भन्ने प्रेरणा पाएर उनले रामायणलाई नेपालीमा लेखेकाे मानिन्छ ।
भानुकाे बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचनालगायत कृति प्रकाशित छन् । राष्ट्रिय पहिचान, एकता र नेपाली सांस्कृतिक र साहित्यिक चेतना जगाउन भानुभक्तको योगदान रहेको छ। आज नेपालकाे काठमाडाै लगायत भानुकाे प्रतिमा रहेकाे स्थानमा राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण सहित साहित्यिक र प्रभातफेरी गरी उनकाे सम्झना गरिन्छ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । भानुभक्तको विसं १९२५ असोजमा निधन भएको थियो ।